शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

दुई दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला

बिहीबार ९ माघ, २०८२ nepalexplores 1376


दुई दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला

८ माघ, काठमाडौं।
दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ।

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो।

निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रको कमजोर आर्थिक अवस्था भएका जनतालाई घर गोठ छाउन खर उपलब्ध हुने गरी खरखडाइ खुल्ला गरेको बताएका छन्।

कार्यालयको अनुसार माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टर मा रु ५० को टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिएको जनाएको छ। खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने उल्लेख गरेको छ।

खरखडाइले निकुञ्जभित्र सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकता समेत पूरा हुने तथा खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुने हुँदा यो व्यवस्था गरिएको निकुञ्जका सूचना अधिकारी वाग्लेले बताएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु