मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

कञ्चनपुरको गडबिजुला ताल संकटमा 

शुक्रबार १० माघ, २०८२ nepalexplores 1276


कञ्चनपुरको गडबिजुला ताल संकटमा 

९ माघ, काठमाडौं।
कञ्चनपुरको गडबिजुला ताल संकटमा परेको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल संकटमा परेको हो।

वषौं देखि चलि आएको सीमा दुई स्थानीय तहबीचको खिचातानी र सीमा विवादका कारण गडविजुला ताल संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।

कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको विशाल तालको संरक्षण हुन नसक्दा तालको प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको जनाएको छ।

गडविजुला ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको स्थानियले बताएका छन्। स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अबरोध सृजना भएको बताएका छन्।

संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको जनाएको छ। 

’ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी रहेको छ,भने स्वामित्वका लागि छिना झपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको बोहराले बताएका छन्।

विसं २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको शृंखला सुरु भएको स्थानीयले बताएका छन्। 

प्राकृतिक तालको विनाशसँगै जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको तथा सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु