मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना

बुधबार १५ माघ, २०८२ nepalexplores 1477


बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना

१४ माघ, काठमाडौं। 
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना  भईरहेको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको दुई वटा ब्लक मध्ये एउटा ब्लकक सकाएर दोस्रो ब्लक क्षेत्रमा बाघ गणना भइरहेको जनाएको हो।

प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको जनाएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोषको सहयोगमा बाघको गणना गरिरहेको छ। 

माघ ९ गते देखि दास्रो ब्लक अन्तर्गत रहेका १७९ ग्रिडमा ३५८ वटा क्यामरा जडान गरी बाघ गणना सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाफ्ले बताएका छन्।

सन् २०२२ को तथ्याङ्क अनुसार निकुञ्जमा बाघको सङ्ख्या १२५ वटा रहेका थिए। नेपालमा बर्दिया राष्ट्रिय निकुञ्जसँग चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने गरेको छ।

तेस्रो ब्लक अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जसहित ‘बफर जोन’ र राष्ट्रिय वनमा यही माघ २९ गतेदेखि बाघ गणना सुरु हुने छ। आठ वटा क्याम्पमा रहेको उक्त क्षेत्रमा १८९ ग्रिडमा ३७८ क्यामेरा राखेर बाघ गणना गरिने जनाएको छ। 

सबै ठाउँ बाट क्यामेराले खिचेको तस्बिरलाई एकठाउँमा ल्याएर विश्व बाघ दिवसको अवसरमा कोषले नेपालमा रहेका बाघको सङ्ख्या सार्वजनिक गर्ने कोषका सदस्य सचिव डा.सुवेदीले जानकारी दिएका छज्। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु