मंगलवार २८ माघ, २०८२ (Tuesday February 10, 2026)

नेपालमा जलपंक्षीको संख्या घट्दो

शनिबार २५ माघ, २०८२ nepalexplores 1377


नेपालमा जलपंक्षीको संख्या घट्दो

२४ माघ, काठमाडौँ। 
नेपालमा जलपंक्षीको संख्या घट्दौ गएको छ।

देशभर ताल, तलैया नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र बासस्थान बारे हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबार देखि १५ दिनसम्म गरिँदै आएको छ।

गणना बाट पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रजाति र संख्या घट्दै गएको देखिन्छ। सन् २०२६ को गणना बाट ८९ प्रजातिका ९० हजार ६८८ वटा जलपक्षी अभिलेख भएको जनाएको छ।

वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्विपमा एसियास्तरीय जलपक्षी गणना सन् १९८७ देखि सुरु गरिएको हो। 

अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरिया लगायतका क्षेत्र बाट जलपंक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन्।

चिसो क्षेत्र बाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन्। 

नेपाल पन्छिविद् संख्याका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलको अनुसार यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पक्षीविद् संख्याको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपक्षी गणना गरिएको जानकारी दिएका छन्।

गणनामा ४११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक) बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो।

कोशीटप्पु वन्यजन्तु आरक्ष र यस वरीपरी, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका तालतलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजर्भवायर लगायतका क्षेत्रमा जलपक्षी गणना गरिएको कार्यकारी निर्देशक पौडेलले बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु