शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

जाडो छल्न आएका पर्यटक चरा फर्किन सुरु

शुक्रबार १५ फाल्गुन, २०८२ nepalexplores 1307


जाडो छल्न आएका पर्यटक चरा फर्किन सुरु

१५ फागुन, काठमाडौं। 
जाडो छल्न आएका पर्यटक चरा फर्किन थालेका छन्।

जाडो मौसम सुरु भएसँगै जाडो छल्न हिमालपारी बाट आएका चरा फर्किन थालेका हुन्।  

हरेक वर्ष अक्टोबरमा आउने पर्यटक चराहरु गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन्। 

नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले फेब्रुअरीको अन्तिम साता बाट फर्किन थालेका पन्छीहरु मार्च अन्तिमसम्म सबै गईसक्ने बताएका छन्।

मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट चरा आउने गर्दछन्। जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोच हुँदै चितवनसम्म आइपुगेका थिए। 

जाडो छल्न हाँस प्रजातिका कर्याङकुरुङ, चखेवा, सुइरोपुच्छे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिल लगायत चरा प्रत्यक वर्ष जाडो छल्न आउने गर्दछन्। 

वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज समेत आउने गरेको अध्यक्ष बिडारीले बताएका छन्। नेपाल बाहिर देखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा नारायणी, राप्ती नदी र रिउ खोलामा रमाउने गर्दछन्। 

नेपालमा १५० प्रजातिका चरा जाडो छल्न आगन्तुक रूपमा आउने चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिण बाट उत्तर फर्कने गरेको पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बिडारीले जानकारी दिएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु