शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

उदयपुरमा कोदो उत्पादन बृद्धि

मंगलवार २६ फाल्गुन, २०८२ nepalexplores 1506


उदयपुरमा कोदो उत्पादन बृद्धि

२६ फागुन, काठमाडौं।
उदयपुरमा कोदो उत्पादनमा बृद्धि भएको छ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरको अनुसार गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा बृद्धि भएको जनाएको छ।

कृषि ज्ञान केन्द्र अनुसार गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएकोमा यस वर्ष उदयपुर जिल्लामा कूल ५ हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको जनाएको छ। 

गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिएका छन्।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिका सहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ।

गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईले बताएका छन्।

राईका अनुसार युवा विदेश पलायन भइरहे पनि गाउँका बुढापाकले कोदो खेतीमा निरन्तरता दिइरहेको बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु