बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्डा महोत्सव हुने

बुधबार ११ चैत्र, २०८२ nepalexplores 2275


इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्डा महोत्सव हुने

११ चैत, काठमाडौँ। 

इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्ड महोत्सव हुने भएको छ।

इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको हो।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक सनम राईले बताएका छन्।

‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक सनम राईले काठमाडौँमा पत्रकार भेटघाटका क्रममा बताए हुन्। 

करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरी देखि जौबारी सम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्ने बताएका छन्। 

यस पदमार्गमा रेडपाण्डा सहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिने जनाएको छ। 

आयोजकको अनुसार रेडपाण्डा पदयात्राको अनुभव, जङ्गल सफारी, चराहरूको दृश्यावलोकन महोत्सवका मुख्य आकर्षण रहने जनाएको छ। 

महोत्सवको क्रममा १८ प्रजातिको गुराँसको अध्ययनका साथै आदिवासी जनजातिको संस्कृति समेत नियाल्न पाइने जनाएको छ। 

महोत्सवमा आन्तरिक र बाह्य १० हजार पर्यटक सन्दकपुर भित्र्याउने लक्ष्य राखिएको र विश्वको अग्लो सगरमाथा सहित ६० भन्दा बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराको अवलोकन गर्न सकिने संयोजक राईले बताएका छन्। 

रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्य रहेको जनाइएको छ।

यस अघि २०८० चैत २७ देखि वैशाख १ गतेसम्म पहिलो र २०८१ चैत २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु