शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

सन् २०२६ को मार्चमा नेपाल भित्रिए एक लाख बढी पर्यटक

शुक्रबार २० चैत्र, २०८२ nepalexplores 1242


सन् २०२६ को मार्चमा नेपाल भित्रिए एक लाख बढी पर्यटक

२० चैत, काठमाडौं।
सन् २०२६ को मार्चमा एका लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुक बाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकले उल्लेख गरेको छ।

तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। 

जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। त्यस मध्ये भारत बाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएको जनाएको छ। भने श्रीलंका बाट १० हजार ७५९ र बंगलादेश बाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

अन्य एसियाली मुलुक बाट आउने पर्यटकको संख्या पनि उत्साहजनक रहेको छ। चीन बाट ११ हजार २२०, म्यानमार बाट ६ हजार २०, थाइल्याण्ड बाट ३ हजार ८९७ , जापान, मलेसिया र दक्षिण कोरिया बाट समेत उल्लेख्य आगमन भएको पर्यटन बोर्डले जनाएको छ। 

समग्रमा ’अन्य एसिया’ क्षेत्र बाट ३३ हजार ४३६ पर्यटक भित्रिएका र जुन कुल आगमनको करिब २७.७ प्रतिशत रहेको जनाएको छ।

युरोपेली र अमेरिकी बजार बाट आउने पर्यटकको संख्यामा उल्लेखय वृद्धि नभए पनि स्थिर देखिएको छ। पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिका बाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु