बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

आईतवार २० बैशाख, २०८३ nepalexplores 1298


नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

२० वैशाख, काठमाडौं।

नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु भएको छ।

नेपाल–चीन सीमा नाका रसुवागढी नाका हुँदै धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको यात्रा सुरु भएको हो।

अध्यागमन कार्यालय टिमुरेको अनुसार हालसम्म ३ सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको जनाएको छ।

कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएको जनाएका छन्।

अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको देखाएको छ।

यात्रु आगमन बढेसँगै भिसा शुल्क बाट राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा मात्र रु. ३० लाख राजस्व सङ्कलन भइसकेको छ भने गत वर्षको कुल वार्षिक राजस्व रु. ११ लाख २८ हजार २५० सङ्कलन भएको जनाइएको छ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु