शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

इरानले सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुलाई ४ मा गर्ने 

आईतवार ३१ जेष्ठ, २०८३ nepalexplores 1301


इरानले सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुलाई ४ मा गर्ने 

३१ जेठ, काठमाडौं । 
इरानले सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुलाई ४ म ागर्ने भएको छ ।

इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको हो ।

जुलाई ४ मा अमेरिकाले २५० औं स्वतन्त्रता दिवस मनाउँने दिनै इरानको राजधानी तेहरान बाट खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम सुरू हुने भनिएको छ।

अमेरिकी स्वतन्त्रता दिवसकै दिन खामेनीको अन्तिम संस्कार सुरू गरिनु संयोग मात्रै नभई इरानले अरू सन्देश दिन खोजिएको आकलन गरिएको छ। तेहरानबाट अन्तिम श्रद्धाञ्जली सुरू हुने र जुलाई ९ मा खामेनीको शव दफन गर्ने कार्यक्रम रहेको जनाएको छ। 

अन्तिम संस्कारको कार्यक्रम अनुसार कार्यक्रम अन्तर्गत जुलाई ७ मा तेहरानको दक्षिणमा रहेको पवित्र सहर कोममा विशेष श्रद्धाञ्जली समारोह आयोजना गरिने संञ्चार माध्ययमहरुले जनाएको छ।

अन्तिम संस्कारको अन्तिम चरण भने उत्तरपूर्वी सहर मशहदमा हुने छ। जहाँ मशहद खामेनीको गृहसहर हो। त्यहाँ उनको शव दफन गरेपछि अन्तिम संस्कारका कार्यक्रम सम्पन्न हुनेछ। 

खामेनी फेब्रुअरी २८ मा अमेरिका र इसराइलले गरेको संयुक्त हमलामा मारिएका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु