बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

तीन लाख बढी दालचिनी पाल्पा बाट भारत निर्यात

शुक्रबार १९ असार, २०८३ nepalexplores 1410


तीन लाख बढी दालचिनी पाल्पा बाट भारत निर्यात

१९ असार काठमाडौं । 

तीन लाख बढी दालचिनी पाल्पा बाट भारत निर्यात भएको छ ।

चालु आर्थिक वर्षमा ६ वर्ष यताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको हो ।

आर्थिक वर्षमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।

उक्त परिमाण पछिल्लो आर्थिक वर्षको तुलनामा सबै भन्दा बढी भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङको अनुसार चालु आर्थिक वर्षमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताएका छन् । 

गत आर्थिक वर्षमा १ लाख २१ हजार १० किलो दालचिनी र ८ लाख ८१ हजार ७३१ किलो तेजपात निर्यात भएकोमा आर्थिक वर्ष २०८०,८१ मा १ लाख ७६ हजार ६९७ किलो दालचिनी भारत निर्यात भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

२०७९,८० मा १ लाख ८३ हजार ५९० किलो, २०७८,०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७,०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको जनाएको छ ।

आर्थिक वर्ष २०८०,०८१ मा ७ लाख ६ हजार ७९० किलो रहेको तेजपात निर्यात भएको छ । भने चालु आर्थिक वर्षमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ ।

तेजपात र दालचिनी पाल्पाका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताएका छन् । 

श्रेठले किसानले तेजपात प्रतिकिलो रु ५० देखि ६० र दालचिनी प्रतिकिलो रु १०० मा बिक्री गर्दै आएको बताएका छन् । 

दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताएका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु