शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

कालीकोटको उत्पादित स्याउ निर्यातमा स्थानीय तहको सिफारिस अनिवार्य

आईतवार २८ असार, २०८३ nepalexplores 1438


कालीकोटको उत्पादित स्याउ निर्यातमा स्थानीय तहको सिफारिस अनिवार्य

२८ असार, काठमाडौं ।

 कालीकोटको उत्पादित स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।

कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको हो।

स्याउ उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थित र पारदर्शी बनाउनका लागि यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको जनाएको छ ।

जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्ड अनुसार सिफारिस लिएर मात्रै स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेले बताएका छन् ।

“निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको छ, जसको पालना कृषक र व्यवसायीले अनिवार्य रूपमा गर्नुपर्नेछ”, “स्याउ ढुवानी तथा निर्यात गर्नु भन्दा कम्तीमा तीन दिन अघि कृषक वा व्यवसायीले स्याउको परिमाण र निर्यात गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन पेस गर्नुपर्ने जनाएको छ ।”

काफ्लेका अनुसार निवेदन दर्ता भए पछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर, परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्ने जनाएका छन् ।

“प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनका आधारमा नियमानुसारको राजस्व बुझाएपछि मात्रै कार्यालय बाट आधिकारिक निकासी सिफारिस पत्र प्रदान गरिने काफ्लेले बताएका छन्” ।

तिलागुफा नगरपालिका कालीकोटको प्रमुख स्याउ उत्पादन क्षेत्र भएकाले यहाँ उत्पादित स्याउको गुणस्तर कायम राख्न नयाँ व्यवस्था लागू गरिएको कृषि विकास अधिकृत गोविन्द भट्टले बताएका छन् ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु