बिहीबार ७ श्रावण, २०८३
७ साउन, काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २७२६ अंक कायम भएको छ ।
अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज १४.१७ अंक बढेर बजारको परिसूचक नेप्से २७२६ अंक कायम भएको हो ।
आज ४ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ ।
व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत, बैंकिङ ०.३८ प्रतिशत, विकास बैंक ०.७४ प्रतिशत, फाइनान्स ०.२७ प्रतिशत र होटल तथा पर्यटन ०.९९ प्रतिशत बढ्यो ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत,स्नो रिभर्सको १३.७१ प्रतिशत, एपोलो हाइड्रोपावरको ९.२५ प्रतिशत, होटल फरेस्ट इनको ७.५१ तथा सोपान फर्मास्युटिकल्सको मूल्य ७.४७ प्रतिशत बढ्यो ।
जलविद्युत् १.१२ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत, माइक्रोफाइनान्स ०.१३ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत बढ्यो ।
अन्य ०.०८ प्रतिशत तथा लगानी ०.४२ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशत, बुंगल हाइड्रोपावरको ९.९३ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।