शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

२०२६ को जुलाईमा नेपाल भित्रिए ७१ हजार बढी विदेशी पर्यटक

मंगलवार १९ श्रावण, २०८३ nepalexplores 1334


२०२६ को जुलाईमा नेपाल भित्रिए ७१ हजार बढी विदेशी पर्यटक

१९ साउन, काठमाडौं ।

२०२६ को जुलाईमा ७१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका हुन् । 

नेपाल भ्रमणमा आउने पर्यटकको संख्या गत वर्षको सोही महिनाको तुलनामा २.३ प्रतिशत बढी रहेको जनाएका छ । गत वर्ष जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

भारत बाट २३ हजार ४९० जना कुल आगमनको ३२.७३ प्रतिशत, चीन बाट ११ हजार ९९ जना कुल आगमनको ६१.०९ प्रतिशत पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएका छन् ।

यो संख्या कोभिड अघि सन् २०१९ को जुलाईको तुलनामा पनि ८.६५ प्रतिशत बढी रहेको बोर्डले जनाएको छ ।

अमेरिका बाट ७ हजार ७५४, बंगलादेश बाट ४ हजार १७९, बेलायत बाट ३ हजार ७७३ र अस्ट्रेलिया बाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन् ।

जुलाईमा युरोप बाट ९ हजार २७९, अमेरिकी महादेश बाट ८ हजार ८२४, ओसियानिया बाट २ हजार ६०७, मध्यपूर्व बाट ७३६ र अफ्रिकी मुलुक बाट ३२४ जना पर्यटक नेपाल आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा, दक्षिण एसियाली (सार्क) मुलुक बाट २९ हजार ७५५ जना पर्यटक आएका छन् ।

दक्षिण एसिया बाहेक अन्य एसियाली मुलुक बाट १७ हजार ४२४ जना जुन अघिल्लो वर्षको तुलनामा ३३.०५ प्रतिशत बढी पर्यटक नेपाल आएको जनाएका छन् ।

चीन पछि दक्षिण कोरिया, मलेसिया, जापान, भियतनाम, सिंगापुर, म्यानमार र थाइल्यान्ड प्रमुख रहेको पर्यटन बोर्डले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु