शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

३२ औं विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाईयो

आईतवार २४ श्रावण, २०८३ nepalexplores 1864


३२ औं विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाईयो


२४ साउन,काठमाडौं ।

आज ३२ औं विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाईएको छ ।

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय अनुसार कार्यक्रम भएको हो । 

सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । 

विश्वका आदिवासी जनजातिहरूले अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा समस्या बारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ३२ औं आदिवासी दिवस मनाएका हुन् ।

विश्वका विभिन्न देशहरुमा विश्व आदिवासी दिवसका अवसरमा विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।

दिवसको अवसरमा आदिवासी जनजाति समुदायहरू आ–आफ्नो सांस्कृतिक पहिचान सहित काठमाडौंको खुलामञ्चमा विशेष कार्यक्रम गरी मनाएका छन् । 

विभिन्न झाँकी सहित खुलामञ्चमा पुगेका उनीहरुको कार्यक्रमको मूल समारोह खुलामञ्चमै आयोजना गरिएको थियो । भने विभिन् स्टलहरु समेत राखिएको छ ।

आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु