शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

बिहीबार १ आश्विन, २०८३ nepalexplores 1133


चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

१ असोज, काठमाडौं । 

चिन भ्रमणमा रहेका प्रधानसेनापति र चिनियाँ रक्षामन्त्री बीच भेटवार्ता भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुन बीच भेटवार्ता भएको हो ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच  औपचारिक भेटवार्ता भएको जनाएको छ । 

भेटका क्रममा दुई देशको आपसी हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

चिन भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण तथा भ्रमण समेत गरेका छन् । 

भ्रमणमा रहेका सिग्देल बेइजिङमा आयोजना हुने १३ औं बेइजिङ सिंङसान फोरमको उद्घाटन सत्रमा पनि सहभागी हुने कार्यसूचि रहेको जनाएको छ ।

 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु