मंगलवार १३ आश्विन, २०८३ (Tuesday September 29, 2026)

चितवन राष्ट्रिय निकुञ्जबाट बगेको गैंडा सुस्ता पु¥यायो

सोमबार १२ आश्विन, २०८३ nepalexplores 1136


चितवन राष्ट्रिय निकुञ्जबाट बगेको गैंडा सुस्ता पु¥यायो

१२ असोज, काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्ज बाट बगेको गैंडा सुस्ता पुर्याएको छ । 

वर्षको कारण आएको ठूलो बाढीले चितवन राष्ट्रिय निकुञ्ज बाट अन्दाजी पाँच वर्षको गैँडा बगायर नारायणी हुँदै नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भेटिएको पुर्याएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र बाट अन्दाजी पाँच वर्षको एउटा गैँडा नारायणीमा बगेर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–४ मा पुगेको जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएलगत्तै गैँडाको निगरानीको काम थालिएको बताएका छन् ।

‘गैँडाको रेकी भइरहे र उद्धार गरेर हामी ल्याउने तयारीमा गरिरहेको मगरले बताएका छन्।’ गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने भएकाले सुस्ता नवलपरासीमा पर्ने भएकाले त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बताएका छन् ।

नारायणी नदीमा शनिबार र आइतबार ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको थियो । भने नदीले बगाएर अन्य गैँडासहित वन्यजन्तु भारत पु¥याएको हुन सक्ने सूचना अधिकारी थापामगरले बताएका छन् । 

यस अघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमीमा पुगेको र तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कडेँलले बताएका छन् ।

यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनी लगायत क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएका निकुञ्जले जनाएको छ । भने एउटा मृगलाई भरतपुर महानगरपालिका–१७ शिसुवारबाट उद्धार गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु