मंगलवार २० आश्विन, २०८३
२० असोज, काठमाडौं ।
दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुने भएको छ ।
वर्षा सुरु भएसँगै गत असार १७ गते देखि बन्द रहेको जिप सफारी सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबार देखि सञ्चालन गर्ने तयारी गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्ने लगायत काम सकिएसँगै जिप सफारी सुरु गर्न लागिएको जानकारी दिएका छन् ।
हरेक वर्ष वर्षाको समयमा निकुञ्जभित्रको जिप सफारी बन्द गरिन्छ । भने वर्ष याम सकिए सँगै जिप सफारी सञ्चालन गर्ने गरिन्छ।
यस वर्ष असोजको दोस्रो साता आएको बाढीले जङ्गलभित्रका मार्ग भत्किएकाले सफारी खुला गर्न समय लागेको बताए निकुञ्ज स्रोतले बताएको छ ।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत अवस्थामा हुने गर्द छ ।
निकुञ्जमा सौराहा क्षेत्र बाट ३२, कसरा बाट २२, मेघौली बाट ११, अमलटारी बाट ८ र माडी बाट १ जिपहरू निकुञ्जभित्र सञ्चालन हुन्छन्।