सोमबार ३ फाल्गुन, २०७७
सुनापति अध्यक्ष धावा लामाले २०७५ चैत्र १३ गते फ्लिमशालाकाे कार्यालय त्रिपुरेश्वरमा घाेषणा गर्नु भएकाे प्याराग्लाईडिङ परिक्षण उडान दुई महिना भित्रै २०७६ जेठ १३ गते सफल भएकाे छ ।
रमणीय सुनापतिडाँडा नजिकै लहरेमानेडाँडाबाट दुईवटा प्यारा उडेर सिन्धुली जिल्लाकाे कुशेश्वर मन्दिर नजिकै राेसीखाेला-सुनकाेसी सङ्गमस्थलमा अवतरण भएका थिए । २२ सय मीटरबाट उडान भरेर ४ सय ५० मीटरमा अवतरण भएका प्यारामा पूर्वसांसद तथा नेकपा कन्द्रीय सदस्य देवशंकर पाैडेल र पालिका उपाध्यक्ष गीता विष्ट, पाइलट द्वय जुद्ध गुरुङ, विनाेद खड्काले करिव ४५ मिनट उडान भर्नु भएकाे थियाे ।
याे कार्यक्रम गाउँपालिकाकाे सहयाेगमा सुनकाेसी-लहरेमाने-सुनापति पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राजकुमार मैनालीकाे नेतृत्वमा सम्पन्न भएकाे थियाे ।