आईतवार २८ असार, २०८३ (Sunday July 12, 2026)

सुनापतिमा प्याराग्लाईडिङ परिक्षण उडान सफल

सोमबार ३ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 2425


सुनापतिमा प्याराग्लाईडिङ परिक्षण उडान सफल

सुनापति अध्यक्ष धावा लामाले २०७५ चैत्र १३ गते फ्लिमशालाकाे कार्यालय त्रिपुरेश्वरमा घाेषणा गर्नु भएकाे प्याराग्लाईडिङ परिक्षण उडान दुई महिना भित्रै २०७६ जेठ १३ गते सफल भएकाे छ ।

रमणीय सुनापतिडाँडा नजिकै लहरेमानेडाँडाबाट दुईवटा प्यारा उडेर सिन्धुली जिल्लाकाे कुशेश्वर मन्दिर नजिकै राेसीखाेला-सुनकाेसी सङ्गमस्थलमा अवतरण भएका थिए । २२ सय मीटरबाट उडान भरेर ४ सय ५० मीटरमा अवतरण भएका प्यारामा पूर्वसांसद तथा नेकपा कन्द्रीय सदस्य देवशंकर पाैडेल र पालिका उपाध्यक्ष गीता विष्ट, पाइलट द्वय जुद्ध गुरुङ, विनाेद खड्काले करिव ४५ मिनट उडान भर्नु भएकाे थियाे ।

याे कार्यक्रम गाउँपालिकाकाे सहयाेगमा सुनकाेसी-लहरेमाने-सुनापति पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राजकुमार मैनालीकाे नेतृत्वमा सम्पन्न भएकाे थियाे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु