आईतवार १४ असार, २०८३ (Sunday June 28, 2026)

अर्घाखाँचीमा संकटापन्न दुर्लभ गिद्धको सफल प्रजनन्

आईतवार १४ असार, २०८३ nepalexplores 1007


अर्घाखाँचीमा संकटापन्न दुर्लभ गिद्धको सफल प्रजनन्

१४ असार, काठमाडौं ।

अर्घाखाँची जिल्लामा संकटापन्न दुर्लभ गिद्धको सफल प्रजनन भएको छ ।

अर्घाखाँची जिल्ला विश्वमै दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा विकास हुँदै गएको छ ।

अर्घाखाँचीमा यस वर्षको प्रजनन अवधिमा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेको जनाएका छन् ।

गिद्धविज्ञ कृष्ण भुसालको अनुसार हालसम्म ३३ वटा बचेरा गुँडबाट सुरक्षित रूपमा उड्न सफल भएको जानकारी दिएका छन् ।

जिल्लाका विभिन्न वन क्षेत्र र भीरपाखामा रहेका गुँडहरूमा यस वर्ष उत्साहजनक रूपमा गिद्धका बचेरा हुर्किएर उडेको जनाएका छन् ।

विशेषगरी छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै अतिसंकटापन्न डंगर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको र तीमध्ये १५ वटा गुँड बाट बचेरा सफलतापूर्वक उड्न सफल भएको पक्षीविज्ञ भुसालले बताएका छन् ।

मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएको र तीमध्ये हिमाली गिद्धका १६ वटा तथा हाडफोर गिद्धका दुई वटा गुँड बाट बचेरा सफलतापूर्वक उड्न सफल भएको बताएका छन् ।

अर्घाखाँचीका वन क्षेत्र गिद्धहरूको प्राकृतिक प्रजननका लागि अझै पनि सुरक्षित रहेको पुष्टि गरेको संरक्षणकर्मीहरूको भनाइ छ ।

गिद्धले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने भएकाले एउटा बचेरा हुर्काउन निकै लामो समय लाग्छ । सामान्यतया असोज–कार्तिक देखि सुरु हुने प्रजनन चक्र वैशाख–जेठसम्म चल्ने भएकाले सफल प्रजनन दर बढ्नु आफैंमा ठूलो उपलब्धि भएको भुसालले बताएका छन् ।

यस्तो अवस्थामा एकै वर्ष ३३ वटा बचेरा उड्न सफल हुनु संरक्षणका दृष्टिले अत्यन्त सकारात्मक संकेत भएको बताएका छन्। डंगर गिद्धको यस्तो सफल प्रजनन नेपालका लागि मात्र नभई विश्वव्यापी संरक्षण अभियानकै लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको भुसालले बताएका छन्  ।

विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शितगंगा नगरपालिकाका विभिन्न ६ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको बताएका छन् । 

अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काउने चरणमा रहेकोभुसालले जानकारी दिएका छन् । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु