बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रबार १७ असार, २०७९ Nepalexplores 1369


यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको  विभागले जानकारी दिएको छ।  


यस्तै  देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। प्रदेश १ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।  


पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु