शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

उत्कृष्ट सहकारी पुरस्कृत

मंगलवार २१ असार, २०७९ फिल्म ~ शाला टिभी 1167


उत्कृष्ट सहकारी पुरस्कृत

काठमाडौं  । राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

उत्कृष्ट कारोबार विधामा शुक्ला गण्डकी नगरपालिका स्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौली स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।     




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु