बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

आईतवार २६ असार, २०७९ Nepalexplores 1105


मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।  प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन चट्याङ सहित वर्षा भइरहेको छ। 


आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक=दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु