बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

पुष्पा भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

बिहीबार ३० असार, २०७९ Nepalexplores 1443


पुष्पा भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया अघि  बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार   बिहीबार बिहान  ११ देखि   अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुने छ ।

शुक्रबार अपराह्न ३ बजेको  बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो ।  २०७६  माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिएपछि पद रिक्त थियो  । 


तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद  सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधि सभाको  सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको   हुनुपर्ने संवैधानिक व्यवस्था छ ।


सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । काँग्रेसका एक पदाधिकारीका अनुसार काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु