बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

शुक्रबार २८ आश्विन, २०७९ Nepalexplores 1615


राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयालको इजलासमा तोकिएको हो । 

सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु