बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1321


रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

८ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवार सहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।


शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु