बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

भोली फागु १ गते जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिने 

आईतवार २९ माघ, २०७९ nepalexplores 1245


भोली फागु १ गते जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिने 

काठमाडौं। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।


२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। तर, राप्रपाका मन्त्रीहरु भने बैठकमा सहभागी भएका छैनन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु