बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

 भट्टराई गठबन्धनबाट बाहिर छैनन्ः प्रचण्ड

मंगलवार ३ श्रावण, २०७९ Nepalexplores 1438


 भट्टराई गठबन्धनबाट बाहिर छैनन्ः प्रचण्ड

काठमाडौं  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ दल दर्ताको तयारीमा रहेका डा। बाबुराम भट्टराईबीच करीब एक घण्टा छलफल गरेका छन् ।

मंगलबार सिंहरदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।  भेटमा डा‍. भट्टराईले दल विभाजन सम्बन्धी ऐन सक्रिय बनाएर नयाँ दल दर्ता गर्ने वातावरण बनाइदिन पनि प्रचण्डलाई आग्रह गरेको बताइएको छ । भट्टराईले यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि पटक–पटक छलफल गरिसकेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट बाहिरिएर नयाँ दल बनाउने क्रममा रहेका भट्टराई सत्ता गठबन्धनभन्दा बाहिर नरहेको प्रचण्डले बताएका छन् ।  दुई नेताको छलफलपछि सिंहदरबारमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताए । 

सिंहदरबारमा भएको छलफलमा समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । आजै दिउँसो समाजवादी केन्द्रका नेताहरूसहित प्रचण्ड र बाबुरामले छलफल गर्ने भएका छन् । प्रचण्डले सिंहदरबारमा कांग्रेसले चुनावी गठबन्धन गर्ने निर्णय गरेकोमा पनि खुशी व्यक्त गरेका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु