शुक्रबार २० चैत्र, २०८२ (Friday April 03, 2026)

बढ्न थाल्यो कोरोना संक्रमण, सतर्क रहन  विभागको आग्रह

बिहीबार १४ पुष, २०७९ nepalexplores 1349



काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।

यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् ।

यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए । संक्रमण बढ्दै जाने संभावना भएकाले आवश्यक सतर्कता अपनाउन स्वास्थ्य विभागले आग्रह गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु