बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

वडा अध्यक्षभन्दा तल शाखा अधिकृतको मर्यादाक्रम

आईतवार २६ चैत्र, २०७९ Nepal Explores 1625


वडा अध्यक्षभन्दा तल शाखा अधिकृतको मर्यादाक्रम

काठमाडौं, १३ चैत्र २०७९

राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गैरसरकारी विधेकयकको रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

नयाँ मर्यादाक्रमले नेपाल सरकारका शाखा अधिकृतलाई वडा अध्यक्ष भन्दा पनि तल लगेर राखेको छ । जनप्रतिनिधि र कर्मचारीबीचको मर्यादाक्रम मिलाउन नसक्दा मर्यादाक्रममा सदैव लफडा देखिदै आएको छ । सरकारले कर्मचारीहरु भन्दा जनप्रतिनिधिलाई माथि राखेर निर्धारण गरेको मर्यादाक्रमप्रति कर्मचारीहरुले आपत्ति प्रकट गर्न थालेका छन् ।

यस अघि सार्वजनिक भएको मयार्दाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरिएको थियो,जुन पछि संशोधन भएको थियो । यस्तै वडा अध्यक्ष,नगर कार्यपालिकाको सदस्य,स्थानीय तहका पूर्व पदाधिकारीहरु त्यो भन्दा उपल्लो मर्यादाक्रममा राखिएको छ ।

मर्यादाक्रममा नेपाल सरकारका उपसचिव,गाउँपालिकाका उपाध्यक्ष,प्रमुख सेनानी,प्रहरी उपरीक्षकहरुलाई २० औं नम्बरको मर्यादाक्रममा राखिएको छ । यस्तै नेपाल सरकारका सहसचिवहरुलाई मर्यादाक्रमको १९ औं नम्बरमा राखिएको छ । यस पटक मर्यादाक्रमको सूचीबाट पूर्वराजालाई हटाइएको छ । भने प्रदेश प्रमुखहरूको मर्यादाक्रमलाई शुरुको जस्तै छैठौं कायम गरिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु