बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

मेयर बालेनको एक्सनः महानगर शिक्षा शाखा प्रमुखलाई स्पष्टीकरण

आईतवार १४ माघ, २०८० nepalexplores 1326


मेयर बालेनको एक्सनः महानगर शिक्षा शाखा प्रमुखलाई स्पष्टीकरण

१४ माघ, काठमाडौं ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगर शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्ने मौका दिएका हुन् । 

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।


उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेश गर्न भनिएको स्वकीय सचिव शाहले बताए । 


रत्नराज्य स्कुलमा विज्ञान विषयको ‘प्लस टु’ चलाउन अनुमति पत्र दिएका थिए । नगर शिक्षा समितिको निर्णय अनुसार अनुमति दिइएको भनिएको थियो । तर, समितिले यो विषयमा कुनै निर्णय नगरेको तर, शिक्षा प्रमुखले अनुमति दिएको पाइएपछि सफाइ पेश गर्ने मौका दिइएको उनको भनाइ छ ।  कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टु मा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु