सोमबार ४ भाद्र, २०८०
४ भदौ २०८०, काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बसिरहेको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको थियो ।
आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धर लगायतले धारणा राखेका छन ।
बैठकमा बाँकी सदस्यहरुले एजेण्डा माथी आफ्नो धारण राखिरहेका छन ।