सोमबार ४ भाद्र, २०८०
४ भदौ, काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभाको अध्यक्षता गरेका इसरायल मन्सुरीलाई समेत हस्ताक्षर गर्न लगाएर विश्वासको मत प्राप्त गरेका छन् । कोशीमा ९३ सांसद रहेकोमध्ये उनको पक्षमा ४७ मत छ । ४७ सरकारको विश्वासको मत पाउनका लागि आवश्यक संख्या हो ।
कोशीमा मुख्यमन्त्री थापाले यसअघि पनि सभामुख बाबुराम गौतमलाइ हस्ताक्षर गर्न लगाएर सरकारमा दाबी गरेका थिए । तत्कालीन सभामुख बाबुराम गौतमले सरकार बनाउन हस्ताक्षर गरेपछि त्यो मुद्दा अदालतसम्म पुगेको थियो । पुन थापाले विश्वासको मत लिँदा सभामुखको हस्ताक्षर गराएका हुन् । ।