मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

कोशी प्रदेशमा लोकतन्त्र विरुद्ध फोहोरी खेल भयो : ओली

आईतवार १० भाद्र, २०८० nepalexplores 1338


कोशी प्रदेशमा लोकतन्त्र विरुद्ध फोहोरी खेल भयो : ओली

भदौ १०, २०८०

कोसी प्रदेश संगठन कमिटीको साताँै पूर्ण बैठकका क्रममा विराटनगरमा अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेको गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताएका हुन्।


प्रदेशमा सत्ता रुढ गठबन्धन संविधानविरोधी भएको बताएका अध्यक्ष ओलीले भने, ‘अहिले गठन्धन संविधानविरोधी हो। यो गठबन्धन लोकतान्त्रिक मूल्य–मान्यताविरोधी हो। लोकतान्त्रिक मूल्य–मान्यता अभ्यास आचरण गर्न चाहँदैन। हामीले पहिलेदेखि भन्दै आएको हो। तर, यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दा पनि संविधान मिच्यो भनेर विरोध गर्नेहरू अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भनेजस्तो गर्ने प्रवृत्ति देखिएको छ।’

प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रीय गठबन्धन चुपचाप बसेको उनले बताए। सर्वोच्च अदालतले समेत गठबन्धन सरकारलाई अवैध बताइसकेका उनको भनाइ छ। उनले भने, ‘अदालतले समेत यो सरकार गठन अवैध भएको जनाएको छ। तैपनि, दलहरु त्यसलाई स्विकार्न चाहिरहेका छैनन्।’

अध्यक्ष ओलीले प्रदेशको नाम कोसी उपयुक्त भएको दाबी गरे। यद्यपि, पहिचानवादीको असन्तुष्टिप्रति उनले भने, ‘गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु