बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न सरकारलाई ओलीको चुनौती

सोमबार ११ भाद्र, २०८० nepalexplores 1333


यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न सरकारलाई ओलीको चुनौती

११ भदौ, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् ।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले  भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’


आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको उनको भनाइ छ । ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु