शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

संविधान मिचेर संसद् विघटन गर्नेबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैनः प्रधानमन्त्री प्रचण्ड

मंगलवार १२ भाद्र, २०८० nepalexplores 1387


संविधान मिचेर संसद् विघटन गर्नेबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैनः प्रधानमन्त्री प्रचण्ड

भदौ १२, २०८० काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा बस्नका लागि अनुचित काम नगर्ने बताएका छन् । उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न की भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए ।​

मंगलवार बुटवलमा समाजवादी मोर्चा नेपाल लुम्बिनीको सन्देशसभालाई सम्बोधन गर्दै उनले सरकारमा बस्नका लागि गलत काम नगर्ने बताए । ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’ दाहालले भने ।

उनले एमसीसीका विषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै देशको स्वाधीनता र राष्ट्रिय हित लागि जनयुद्धमा जस्तै गरी लडिराखेको बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु