बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

एमसिसी जनताका लागी  ‘झुटको खेस्रो’ होः अध्यक्ष ओली

बुधबार १३ भाद्र, २०८० nepalexplores 1198


एमसिसी जनताका लागी  ‘झुटको खेस्रो’ होः अध्यक्ष ओली

१३ भदौ, काठमाडौं । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसिसी पास गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्रो भएको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो सत्तापक्षले जनतालाई धोका दिएको बताए।

संसदबाट पास भइसकेको एमसिसी कार्यान्वयनमा जाने बताएका अध्यक्ष ओलीले भने,‍‘एमसिसी पास गर्नु सही हो हैन भनेर त्यससमय नै सोच्नुपर्ने थियो। तर, संसदबाटै पास भइसकेको एमसिसी कार्यान्वयनमा जाने कुरामा कुनै दुविधा छैन।’

सोही क्रममा उनले,‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो। त्यसलाई एमसिसीले मान्दैन।’ सत्तापक्षले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका जनाउँदै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने प्रस्टाए।

उनले भने,’जनतालाई धोका दिएको मात्रै हैन, नेपालको संसदसँग बेइमानी पनि गरिएको छ।’ एमसिसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाटै अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ कि हुँदैन भनेर आफूले सोध्ने बताए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु