बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

बुधबार १३ भाद्र, २०८० nepalexplores 1382


राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

१३ भदौ, काठमाडौं । 
जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । 


संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ ।  यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।

पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो ।  २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु