शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता लिने सहमति

बुधबार १३ भाद्र, २०८० nepalexplores 1391


इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता लिने सहमति

१३ भदौ, काठमाडौं । 
इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ । विद्यार्थीहरुले आमरण अनशनसम्मको आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसाल सहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार पाँच बुँदे सहमति गरेका छन् ।


इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने,  विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनसन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु