शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक जारी

आईतवार १७ भाद्र, २०८० nepalexplores 1136


एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक जारी

१७ भदौ २०८०, काठमाडौँ । 

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र  पाण्डेले जानकारी दिए । पाण्डेले  भने,‘ केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य गर्न बैठक बोलाइएको हो ।’

साथै सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु