बिहीबार ७ श्रावण, २०८३ (Thursday July 23, 2026)

पुरानो मोबाइल लुकाएर सीआईबीको शरणमा पुगेका थिए  महरा र  पुन

सोमबार १ आश्विन, २०८० nepalexplores 1363


पुरानो मोबाइल लुकाएर सीआईबीको शरणमा पुगेका थिए  महरा र  पुन


१ असोज, काठमाडौं । 
६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ । भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरण र विमानस्थलबाट तस्करी भई आएको ६० किलो सुन तस्करी प्रकरणमा माओवादी नेताका पुत्रद्वय महरा र पुनमाथि पनि प्रश्न उठेको थियो । 

९ किलो सुन प्रकरणमा बयानसम्म नलिएको भनेर कृष्णबहादुर महरा र राहुल महराको विषयमा संसद्मै प्रश्न उठेपछि राहुल महरा सीआईबीमा आत्मसमर्पण गरेका थिए । महराले सामाजिक सञ्जालमार्फत ‘अनुसन्धानलाई सहयोग गर्न आफैँ उपस्थित हुन लागेको’ बताएका थिए । महरा सीआईबीमा पुगे लगत्तै उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो । 

प्रहरी स्रोतका अनुसार सीआईबीको नियन्त्रणमा रहेका राहुल महराले अनुसन्धानलाई सहयोग गर्न भन्दा पनि क्लिन चिट लिने उद्देश्यले मात्रै आत्मसमर्पण गरेको देखिएको छ । प्रहरी स्रोतले भन्यो, ‘आफ्नो कुनै गल्ती नभए सुरुमै आफ्नो बारेमा स्पष्ट पार्न अनुसन्धान भइरहेको निकायमा आउन सकिन्छ । तर आफ्ना विरुद्ध प्रमाण लाग्न सक्ने सबै प्रमाण नष्ट गरेर प्रहरी कार्यालय गइन्छ भने त्यो अनुसन्धानमा सहयोग गर्न नभएर क्लिनचिट लिन मात्रै हुन्छ । राहुलको हकमा त्यस्तै देखिएको छ ।’


उच्च प्रहरी स्रोतका अनुसार राहुलले सीआईबीमा आत्मसमर्पण गर्दा पुरानो मोबाइल लुकाएर नयाँ मोबाइल लिएर गएका छन् । प्रहरीलाई आफ्नो भनी बुझाएको राहुलको मोबाइल उनी सीआईबीमा उपस्थित हुनुभन्दा १० दिन अगाडि मात्रै प्रयोगमा ल्याएको पाइएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु