बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीले कटाक्ष

मंगलवार १६ आश्विन, २०८० nepalexplores 1313


राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीले कटाक्ष


१६ असोज, काठमाडौं । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति कटाक्ष गरेका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।


मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् ।

‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ?  किन सम्मानित गरिन्छ ।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु