बिहीबार ६ आश्विन, २०७९
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार गलत भएको दावी गरेका छन् ।
बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले कटवाल प्रकरण र १२ बुँदेबारे चर्चा गरेका थिए । भट्टराईले त्यसबेला माओवादीले सेना नै कब्जा गर्न खोज्यो भनेर गलत भाष्य निर्माण गरेर गलत प्रचार भएको बताए ।
त्यस्तै उनले १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार पनि असत्य भएको बताए । ‘१२ बुँदे समझदारी दिल्लीमा गएर त्यसपछि दिल्ली हस्तक्षेपमा प्रवेश गर्यो भन्ने कुरा सत्य थिएन’, डा. भट्टराईले भने, ‘१२ बुँदेको सुरुवात हामीले नै गरेका थियौ ।