बुधबार २० कार्तिक, २०८२ (Wednesday November 05, 2025)

विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

शुक्रबार २६ आश्विन, २०८० nepalexplores 1598


विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

२६ असोज, काठमाडौं । 

फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गरेको हो ।


अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो ।

लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ ।

छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २-० ले, इक्वेडरले बोलिभियालाई २-१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २२ को बराबरी खेलेको छ । कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु