बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने 

शनिबार ९ मंसिर, २०८० Nepalexplores 1408


ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने 

९ मंसिर, काठमाडौं

शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताउनु भएको हो । 

ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ भने विपन्नको उपचार निशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा गर्नु भयो । चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जानुपर्ने अवस्थालाई कम गर्न आफुले १०० देखि ३०० शैयासम्मका अस्पतालले नर्सिङ  र प्यारामेडिक्स तथा ३०० शैया भन्दा माथिमा अस्पताले एमविविएस र विशेषज्ञ चिकित्सकको पढाई सञ्चालन गर्न पाउने गरि कानून परिवर्तन गर्न पहल गरिरहेको उहाले बताउनु भयो। 


गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपिडी सेवा लिएको, १७ हजार ५०० ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको जनाइएको छ । समारोहमा विभिन्न खेलकुदका बिजयी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो भने ट्रमा सेन्टरका संस्थापक निर्देशक प्रा.डा.अशोकरत्न बज्राचार्य र पूर्व निर्देशक डा. प्रमोद उपाध्यायलाई सम्मान गरिएको थियो ।
 




मतहरू

BoMiytbcphJOt

IwTNMwbbeeFzHsxXcYIjDb


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु