आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

रामेछापको फरक क्षमता भएकी  शिक्षिका निर्मला कार्कीले पाईन पुरुस्कार

मंगलवार १९ मंसिर, २०८० Nepalexplores 1271


रामेछापको फरक क्षमता भएकी  शिक्षिका निर्मला कार्कीले पाईन पुरुस्कार

१८ मंसिर,काठमाडौ
रामेछाप जिल्ला मन्थलि नगरपालिका ५ सुनारपानीकी निर्मला कार्की ३२ औं अपाङ्गता दिवसको अवसरमा अपाङ्ग महासंघद्वारा आयोजित कार्यक्रममा ज्योती केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरुस्कार सहित सम्मानित भएकी हुन् ।

निर्मला जन्मदा शारीरिक रुपमा स्वास्थ्य र तन्दुरस्थ थिइन्  उनि उच्च शिक्षा क्याम्पस पढ्दै गर्दाको बेला घरमा घाँस झार्न रुख चड्ने क्रममा रुख बाट खस्दा मेरुदण्ड भाचिए पछि अपाङ भएकी हुन् । अपाङ शरिर भए पनि आट र साहासका साथ ह्ुवईलचियरका सायताले आफ्नो पढाइलाई निरन्तरता दिर्र्इैन र शिक्षक अनुमतिपत्र पास गरिन ।

सरकारले अपाङ्गता भएको ब्यक्तिलाई शिक्षक बनाउने नीति ल्यायो त्यसमा कार्की परिन् उनी रामेछाप मन्थली ५ सुनारपानीमा असल शिक्षिकाको रुपमा कार्यरत छिन । बिद्यायलय रहदा बिद्यार्थी उनका भरोसा बनेका छन् भने बिद्यार्थीले असल गुरु पाएको महसुस गर्छन् ।
३२ औं अपाङ्गता दिवसको अवसरमा अपाङ्ग महासंघद्वारा आयोजित कार्यक्रममा ज्योती केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरुस्कार सहित निर्मला कार्की सम्मानित भएकी छिन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु