शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत फेला  

मंगलवार १७ पुष, २०८० Nepalexplores 1548


लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत फेला  

१७ पुस, काठमाडौं ।
इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत अवस्थामा फेला परेको छ । स्थानीयका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो ।


सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।
 

जौबारी भारत नजिक पर्दछ । खुल्ला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् । सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटार लगायत स्थानमा रेडपाण्डा पाइन्छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु