आईतवार १० श्रावण, २०८३ (Sunday July 26, 2026)

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान

बिहीबार ५ असार, २०८२ nepalexplores 1818


लोपोन्मुख ‘रेड पान्डा’ संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान

५ असार, काठमाडौं ।
लोपोन्मुख ‘रेड पान्डा’ (हाब्र्रे) संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान गरेको छ। रेड पान्डा नेटवर्कको सहकार्यमा स्थानीय सामुदायिक वनमा रेड पान्डाको बासस्थान संरक्षणका लागि काम भइरहेको छ।

रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको लागि पोखरी निर्माण, जनचेतना फैलाउने र क्यामेरा जडान गर्ने कार्यहरू भइरहेका छन्। चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ।

डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीका अनुसार रेडपाण्डा संरक्षणका लागि सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको जानकारी दिएका छन्।

रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरी समेत निर्माण गरिएको बताएका छन्। रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षणका लागि मालिङ्गोका टुसा रोपिएको बताएका छन्।

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु