सोमबार २६ आश्विन, २०८३ (Monday October 12, 2026)

इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु

बुधबार २१ फाल्गुन, २०८१ nepalexplores 1661


इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु

२१ फागुन, काठमाडौं ।
इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन गरि जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो।

 वन तथा वातावरण मन्त्रालयद्धारा गठित प्राविधिक टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाएको छ। कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन रहेको र सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको समेत जनाइएको छ।

 रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यस अघि पनि सोही ठाउँमा आठ सय रोपनी जमिन खरिद गरिसकेको छ। उक्त जग्गामा रेडपाण्डा संरक्षणका लागि वृक्षारोपण भइसकेको जनाइएको छ। रेडपाण्डा संरक्षण गर्न जैविकमार्ग विस्तारका लागि जग्गा अपुग भएपछि कृषि मन्त्रालय अन्तर्गतको उक्त जमिन वन तथा वातावरण मन्त्रालय मातहतमा ल्याएर काम अगाडि बढाउन लागिएको जनाएको हो।

रेडपाण्डा इलाम, ताप्लेजुङ, पाँचथरलगायत नेपालका १३ जिल्लामा पाइन्छ। वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक एवम् प्राविधिक टोलीका संयोजक धनञ्जय लामिछानेका अनुसार उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी, मेघमा, तुम्लिङ्ग क्षेत्रमा वृक्षारोपण गरी वन्यजन्तु आवतजावतका लागि जैविकमार्ग बनाउन पहल थालिएको बताएका छन्।

 सो क्षेत्रमा वृक्षरोपण गरी रोजगारी सृजना समेत गर्ने उद्देश्य रहेको रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ्फुरी शेर्पाले बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु