शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहीबार १८ माघ, २०८० nepalexplores 1328


अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

१८ माघ २०८०, काठमाडौं । 

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताएका छन ।


ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो । उनलाई पनि ४ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ ।

प्रहरीले अपराह्न सीजी चाँदबागका अध्यक्ष समेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई भोलि  अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बताईएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु